बंगलाचुलीमा बृहत निशुल्क स्वास्थ्य शिविर

0
92

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही, जाल्पा सामुदायिक लघुवित्त वित्तिय सस्था लिमिटेड, लायन्स क्लब अफ घोराही सिटी, नेपाल परिवार नियोजन संघ घोराही र बंगलाचुली गाउपालिकाको संयुक्त आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कमिरेचौर अस्पताल, नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित लमही आाँखा अस्पताल र रेडियो बंगलाचुलको प्राविधिक सहयोगमा शनिवार बंगलाचुली गाउँपालिका वडा नम्बर ३ कमिरेचौर अस्पतालमा भएको बृहत निशुल्क स्वास्थ्य शिविरमा जम्म ४ सय ३६ जनाले निशुल्क स्वास्थ्य जाँच गराएका थिए ।

नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङका सस्थापक अध्यक्ष एवं जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक विमला योगीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुवास)को प्रमुख आतिथ्यता र उपाध्यक्ष भक्तबहादुर जि.सीको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here