संस्थापक अध्यक्षको मन्तव्य

0
18

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

यस संसारमा जन्म दिएर, पालन पोषण गरि असल मानव बनाउने माता पिताको सम्मान गर्नु मातृभुमीको स्वाधिनता, स्वतन्त्रता तथा समृद्धीका लागी जिवन समर्पण  गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । नेपाल महिला सामुदायिक सेवा केन्द्रको स्थापना २०५० सालमा महिलाहरुको अस्तित्व तथा आत्मसम्मानको रक्षाका लागी परिवार तथा राष्ट्रको अवसरमा महिलाहरुको पहिचान, प्रतिनिधित्व र पहुच गराउन राष्ट्रको विकासको मुल प्रवाहिकरणमा महिलाहरुको समान तथा अर्थपुर्ण सहभागिता हुनुपर्दछ भन्ने परिकल्पना लिएर सामाजिक न्याय तथा लैंगिक समानतामा आस्था राख्ने महिलाहरुबाट स्थापना गरिएको सामाजिक संस्था हो ।

देशमा प्रजातन्त्रको पुर्नस्थापना पश्चात लोकतन्त्रको स्थापना संगसंगै समाजमा व्याप्त पितृसत्तात्मक राज्य व्यवस्थाबाट श्रृजित विभेद, असमानता, घृणा, छुवाछुत, उत्पीडनबाट मुक्त समाजको निमार्णमा युवाहरुको सक्रिय सहभागीताको अत्यन्त आवश्यकता थियो । उक्त समयको माग बमोजिम ७ जना विद्यार्थी महिलाहरुको अग्रसरता तथा अठोटमा शिक्षित, आत्मनिर्भर तथा स्वाबलम्बी महिला समाज निमार्ण गर्ने लक्ष्य लिएर वैधानिक रुपमा २०५० सालमा यस संस्थाको स्थापना भयो ।

उक्त समयमा संस्थाले तत्कालिन अवस्थाका महिलाहरुको सामाजिक, आर्थिक , सास्कृतिक तथा राजनैतिक अवस्थाको अध्ययन गरियो । तत्पश्चात महिलाहरुलाई शिक्षा , आयस्तर र अधिकारमा पहुच अभिवृद्धि गर्न महिलाहरुलाई पौढ शिक्षा, कानुनी साक्षरता, सिप विकास तालिम, संयुक्त राष्ट्र संघ बाट पारित बाल तथा महिला अधिकार शिक्षा तथा बालबालिका तथा महिलाहरुलाई लाई शिक्षित बनाउने अभियानको शुरुवात गरियो । त्यस समयमा दाङ्ग जिल्लामा रहेको जमिन्दारी प्रथाका कारण घरेलु श्रममा आवद्ध कमैया, कम्लहरी सिमान्तकृत  वर्ग  तथा परिवारका महिलाहरुको श्रमको कुनै मुल्य थिएन ।

महिलाहरुको उत्पादनमा सीप, दक्षताको अवसरको अभाव थियो ।  महिलाहरुलाई समुहमा बसेर आ–आफ्नो बारेमा सुन्ने सिक्ने, बुझ्ने कुनै थलो नै थिएन । त्यसैले महिलाहरु समानताको हक प्राप्तीका लागी स्ंवयम जागृत हुनुपर्दछ । संगठित हुनुपर्दछ । सांस्कृतिक विधेदका विरुद्ध जागनु पर्दछ, संगठित रुपमा महिलाहरुको सामाजिक तथा आर्थिक क्रान्तिको अभियान  सग संगै सास्कृतिक बिसंगति बिरुद्ध सचेत गराउदै महिला हरुलाई समुहमा आवद्ध गरि  साना  तथा मझौला उधमी निर्माण गर्नशुरुवातगरियो ।

यस संस्थाले नेपाल राष्ट्र बैक बाट वित्तिय मध्यस्थताको कारोबार गर्ने ईजाजत २०६० साल मा प्राप्त गरी ६०,००० विपन्न तथा सिमान्तकृत परिवारका तथा धितो प्रदान गर्न नसक्ने  महिलाहरुलाई समुहमा आवद्ध गरी वचत गर्ने बानीको विकास गराउदै  गाँउ–गाँउमा महिलाहरुका  परिवारले परम्परागत रुपमा संचालन गरेको पशुपालन, तरकारी खेती, स–साना उद्यम व्यवसायलाई व्यवसायिक रुपमा संचालन गरिरहेका छन जस बाट महिलाहरु आर्य आर्जन गर्न सक्षम हुन थाले । यसको पहिलो सकारात्मक प्रभाव परिवारमा पर्न थाल्यो । महिलाहरुले छोरा, छोरीलाई शिक्षा, पोषण , स्वास्थ्यमा समानरुपमा लगानी गर्न थाले । लघुवित्त कार्यक्रम मार्फत साना तथा मझौला उद्यम शुरुवात गरेका परिवारका महिलाहरुले उक्त व्यवसायलाई व्यावसायीक रुपमा विस्तार गरे पछि बैदेशिक रोजगारमा रहेका छोरा तथा श्रीमानहरुलाई समेत घरमा बोलाई रोजगारी दिन सफल भएका सफल उदारहणहरु  छन ।

परिवारको निर्णय प्रक्रियामा महिलाहरुको पहुचमा वृद्धि हुन थाल्यो । महिलाहरुको परिवार आर्थिक क्रियाकलापमा संम्लग्न हुंदा परिवारको दिगो आम्दानीको स्रोत निमार्ण हुन थाल्यो । महिलाहरुलाई परिवारले दिएको अवसर र विश्वास बाट आत्मविश्वास बढ्न थाल्यो जसबाट महिलाहरुले आत्मसम्मान बोध गर्न थाले,  फलस्वरुप समाजको हरेक क्षेत्रको नेतृत्व महिलाहरुले गर्न थाले ।

यस संस्थाले सामाजिक उत्तरदाईत्व कोष निमार्ण गरि समाजमा बालबालिका, महिला, जेष्ठ नागरिकहरुका लागी घुम्ती स्वास्थ्य सेवा संचालन, रक्तदान, आखा शिविर, जेष्ठ नागरिकहरुको आँखाको शल्यक्रिया गरि चश्मा वितरण जस्तो रचनात्मक कर्म गरिरहेको छ । यो संस्थाले बाल बालिकाहरुको शिक्षामा गुणस्तरियता ल्याउन तथा बालबालिकाहरुको पढाईको लागी सरकारी विद्यालयहरुमा  विज्ञान ल्याब, खानेपानीका लागी फिल्टर, पानी टयाङ्गकी, अस्पतालको लागी सोलार, छात्रावासमा सोलार प्रदान, विद्यालय निमार्ण लगायका कार्यसम्पन्न गरी बालबालिकाहरु लाई गुणस्तरिय शिक्षा प्राप्त गर्न आवश्यक वाताबरण तैयार गरेको छ ।

यस संस्थाको वृद्धि र विकासमा रचनात्मक सहयोग पु¥याउने, युवा, बालबालिका, महिला, संचार माध्यम, सरकारी निकाय, साझेदार संस्था, सम्पूर्ण संचालक समिति, साधारण सदस्य, कर्मचारी तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै संस्थागत रुपमा धन्यवाद दिन चाहन्छु । आगामी दिनहरुमा संम्पुर्ण क्षेत्रको सकारात्मक सहयोगको समेत अपेक्षा गर्दछु । यहाँहरुको अर्थपूर्ण सहयोग बाट यस क्षेत्रमा बसोबास गर्ने करिव २ लाख परिवारमा सुख, शान्ति, सम्वृद्धि स्थापना गर्न यो संस्थाले निरन्तर रुपमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । आगामी दिनमा यस संस्थाले समग्र राष्ट्र को सर्वाङ्गीण विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास दिलाउदछौ ।  धन्यवाद ।

बिमला योगी

संस्थापक अध्यक्ष

नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here