विपन्न परिवारका ५० जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

0
458

घोराही, ६ साउन

नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङले विपन्न परिवारका ५० जना विद्यार्थी बालबालिकाहरुलाई शैक्षीक समाग्री विरतण गरेको छ । शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि संस्थाले घोराही उपमहानगरपालिकाका ५ण् जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरेको हो । मेट लाईफ नेपालसँगको सहकार्यमा ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विपन्न परिवारका बालबालिकाहरु आर्थिक अभावका कारण शिक्षाबाट बञ्चीत नहोउन् भन्ने उद्धेश्यकासाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । बालबालिकाहरुलाई शैक्षिक सामाग्री अन्तरगत झोला, कापी, कलम, ज्यामिटी बक्स, मसी, ड्रेस, जुत्ता मोजा लगायतका सामाग्रीहरु सहयोग गरिएको थियो ।

त्यस अवसरमा वादी समुदायका विपन्न बालबालिका लगायत अन्य विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक समाग्री प्रदान गरिएको थियो । ड्रेस किताब कापी लगायत शैक्षिक सामाग्री नहुँदा विद्यालय जान नमान्ने बाबालिकाहरुलाई संस्थाले बितरण गरेको शैक्षिक सामाग्रीले विद्यालय जान हौसला दिने र उनीहरुको भविष्य उज्ववल बनाउनकालागी महत्वपूर्ण भूमीका खेल्ने वादी समुदायको बस्ती रहेको दुर्गा भवानी टोलका रञ्जिता वादीले बताउनु भयो ।

नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं मेट लाईफ नेपालका प्रमुख अरुण बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्तहरुले नेपाल महिला सामुदायिक सेवा केन्द्रले बालबालिकाहरुलाई शिक्षामा सहयोग गरेर सामाजिक कार्यको उदाहरणीय काम गरेको बताएका थिए ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका प्रबन्धक पवन योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक आर.के.शीतलले गर्नुभएको थियो ।

नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङले सात सय बढि बालबालिकाहरुलाई शिक्षामा सहयोग गरिरहेको संस्थाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here