सहकारी कार्यक्रम
सहकारीमार्फत महिलाहरुलाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउनका लागि नेपाल महिला सामुदायिक सेवा केन्द्रको नेतृत्वमा जिल्लामा ७ वटा सहकारीहरु स्थापना गरिएको छ । महिलाहरुले नेतृत्व गर्ने गरि स्थापना भएका सहकारीहरुले सदस्य लक्षित क्रियाकलापहरु स्थापना समयदेखी नै सुरु गरेका छन् । जिल्लाका विभिन्न स्थानका महिलाहरुलाई एकीकृत गर्दै सहकारीहरु स्थापना भएका छन् । जसले महिलाहरुको क्षमता अभिवृद्धिका साथै सीप विकास, आर्थिक तथा सामाजिक रुपमा सशक्तिकरण गर्दै जिविकोपार्जनमा जोड्ने कार्य गरेको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापना गरेका सहकारीहरु
१) सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. घोराही उपमहानगरपालिका १५
२) महिला सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि. घोराही उपमहानगरपालिका १५
३) ज्यामिरे सामाजिक महिला उद्यमी सहकारी संस्था लि. घोराही उपमहानगरपालिका १३
४) निलकमल सामाजिक महिला सहकारी संस्था लि. लमही नगरपालिका १
५) समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लि. लमही नगरपालिका २
६) सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लि. घोराही उपमहानगरपालिका ३
७) दंगिशरण सामाजिक महिला उद्यमी सहकारी संस्था लि. दंगिशरण गाउँपालिका ३
सहकारीहरुले गरेको मुख्य क्रियाकलाहरु
आवद्ध सदस्य संख्या : ७ हजार १ सय २५ घर परिवार
बचत रकम : ३५,०६,३३,४२७.७३।–
ऋण लगानी : ३६,१९,४३,००८।–
सहकारी शिविर सञ्चालन : १२७ वटा
पशु शिविर : ८३ वटा
सहकारी प्रवद्र्धन तालिम (सहकारी सुशासन, लेखा व्यवस्थापन, रिपोटिङ सम्बन्धी तालिम सञ्चालन) : ६ सय बढि (१२ हजार बढि लाभान्वित)
तरकारी उपज संकलन केन्द्र स्थापना : लमही नगरपालिका १ र घोराही उपमहानगरपालिका ३
दुग्ध संकलन केन्द्र स्थापना : बंगलाचुली ८ हासिपुर र तुलसीपुर उपमहानगरपालिका १४ भोजपुरमा दुग्ध संकलन केन्द्र
बाख्रा संकलन तथा विक्री केन्द्र : लमही नगरपालिका १ र २, घोराही उपमहानगरपालिका १३,
घाँसको बिउ उत्पादन र विक्री : लमही नगरपालिका १
बैदेशीक रोजगारीबाट फर्किएकाहरुलाई रोजगारीमा जोड्न सफल : ४२ जना
Home Co-operative Program
