विपदबाट कसरी बच्ने र मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

0
104
दंगीशरण गाउँपालिका वडा नम्बर २ काैवाघारी पिपलतरामा माघ २४ गते विद्युतकाे तार सर्ट भई दिउसाे करिब ४ बजे घरमा काेही नभएकाे समयमा आगलागी भई घरमा रहेका सम्पूर्ण सामान जलेर पूर्ण रूपमा नष्ट भएकाे छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ घरमै अपुगेर पीडीत परिवारलाई दैनिक अत्यावश्यकीय खाद्यान्न सहयाेग गरेकाे छ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्याैपाने, दंगिशरण गाउँपालिकाका उपाध्यक्ष पीमाकुमारी खड्का, वडा न. २ का अध्यक्ष डम्बर खत्री, निवर्तमान अध्यक्ष तुलसीराम देवकाेटा, वडा सदस्य माेहन बि.क लगायतकाे उपस्थिति रहेकाे थियाे ।
त्यस अवसरमा विपदबाट कसरी बच्ने र मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here