बुवा महावीर रोका क्षेत्री र स्व आमा शुशीला रोका क्षेत्रीको कोखबाट वि.स २०६२।०२।१० गते दास्रो सन्तानको रुपमा घोराही १५ मा जन्म भएको थियो । निम्न आर्थिक अवस्था कम्जोर भएको परिवार त्यस माथि बुवा अपाङग आमाको मृत्यु पछि सबै कुराको अभाव सँग आफनो अस्ताउदै गरेको भविष्यलाई सम्झेर आफैलाई सम्हाल्न अवस्था आएको थियो । जब म नेपाल महिला सामुदायिक सेवा केन्द्रले कक्षा ३ बाट मेरो पढाइ मा लाग्ने हरेक खर्च हेरिदिए पछि र मेरो प्रेरणाको स्रोत बनिदिदा म मा उर्जा थपियो । वि.स २०७९ साल मा श्री सरस्वती मा.वि काठेकोहलबाट २.१० जि पी.ए लिएर उतिर्ण भइसके पछि प्लस-टु दाङ भ्याली कलेजमा म्यानेजमेन्ट लिएर २.६३ जि पी.ए लिएर उतिर्ण भइसके पछि पनि पुन सस्थाबाट छात्रवृतीद्धारा द्य।द्य।क् को लागी महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्ने अवसर पाएको छु । पढाईमा सफलता प्राप्त हुँदा आफुमा आट र हौसला प्रदान भएको छ । मलाई बैक क्षेत्रमा काम गर्ने र मेरो बुवाको सहार बनेर सबै खुसी दिन मन छ साथै म जस्तै पढेर केहि गर्ने चाहना भएको तर घरको अवस्था कम्जोर भएर संस्थाबाट पढ्ने नानीहरुलाई पढाईमा सहयोग गर्न मन छ । यसरी संस्थाले मलाई यो हरेक अ यदि मलाई संस्थाले सहयोग गर्दैन थियो भने मेरो बाबाको अवस्थाले म यहाँ सम्म आएर सफलता प्राप्त गर्न सक्दैन थिए । यसरी संस्थाले मलाई यो हरेक अवसर दिनु भयो म संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।