Case Story (Pabitra Nepali)

0
368

पवित्रा नेपाली श्री गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्‌ने छात्रा हुन्. उनी घोराही उपमहानगरपालीका वडा नं १७ मा बस्ने गर्छिन्. श्री गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयमा उनी थ्रीजीरो क्लबको सचिव रहेकी छिन्.
विद्यालयको मासिक भेला हुदा उनले भनेकी थिइन् थ्रीजीरो क्लब विद्यालयमा गठन हुनु भन्दा अघि हामीले आफ्‌नो कुरा खुलेर राख्ने थिएनौ,वातावरण सन्तुलन गर्न हामी पनि अघि बढ्‌नुपर्छ भन्ने कुरा थाहा थिएन। तर जब थ्रीजीरो क्लब हाम्रो विद्यालयमा गठन भयो हामीले वातावरणसंग सम्बन्धित धेरै कुराहरु थाहा पायौ।वातावरण संरक्षणमा विद्यार्थीको ठूलो भूमिका रहेको छ भन्ने सिक्नुको साथ-साथै देश विकासमा युवाको ठूलो भूमिका छ भन्ने कुरा थाहा पायौ। यस नेपाल महिला सामुदायिक सेवा केन्द्र संस्थाद्वारा हामीले आफ्‌नो विद्यालयमा रुखको बोटविरुवाहरु रोपेको थियौ।त्यस्ले गर्दा हामीलाई झनै प्रेरणा मिल्यो र हामीले नजिकैको क्षेत्रमा अनि घरमा पनि बोटविरुवाहरु रोप्यौ। सार्वजनिक स्थानहरुमा हामीले फोहोर गर्न छाडेको छौ जस्तै शौचालय,अस्पताल,बाटोहरुमा। अब आउने भविस्य कस्तो बन्छ भन्ने कुरा हाम्रो हातमा छ त्यसैले बाटनै हामीले व्यक्तित्व विकास हुने खालका क्रियाकलापहरु गर्नुपर्छ। हामीले आफ्‌नै देशमा मेहिनेत गरेर देशको सामाजिक र आर्थिक विकास गर्नुपर्छ भन्ने भाव जागेको छ भनेर उनले भनेकी थिइन्.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here