Case Story of Monika Pathak

0
37

घोराही उपमहानगरपालीका वडा नं १७ मा बस्ने मोनिका पाठक श्री सरस्वति माध्यमिक विद्यालयको कक्षा ९मा अध्यनरत छात्रा हुन् । श्री सरस्वति माध्यमिक विद्यालयमा उनी थ्रीजीरो क्लबको उपाध्यक्ष रहेकी छिन्.
विद्यालयको मासिक भेला हुदाँ उनले भनेकी थिइन् हाम्रो विद्यालयमा थ्रीजीरो क्लब गठन हुनुभन्दा अघि हामीले समूहमा काम गर्ने गरेका थिएनौ र extra-curricular activities हरुमा पनि धेरै active हुने गरेका थिएनौ तर जब हाम्रो विद्यालयमा थ्रीजीरो क्लब orientation program भयो त्यसपछि हामीले समूहमा काम गर्ने गरेका छौ र विद्यालयमा हुने हरेक कार्यक्रमहरुमा participate हुने गरेका छौ। हामी अहिले समूहमा छलफल गर्ने बानी बसालेका छौ। हामीले बोटबिरुवाहरुको संरक्षण गर्नु अहिलेको अवस्थामा निक्कै आवश्यक रहेको छ। बोटबिरुवाहरु बाट निस्कने अक्सिजन प्राप्त गरि बच्ने आधार पाएको मान्छे हामी अहिले तिनै बोटबिरुवाहरुलाई दिनप्रति दिन काटी देशको विकास गर्न लागी परेको देखिन्छ तर यो गलत हो।प्रदुषित वातावरण मानवजातिको सर्वनाशको जड भएकाले वातावरणलाई स्वच्छ राख्नु हाम्रो कर्तव्य रहेको छ। यसकारण हामी विद्यार्थी नै एकजुट भई उठ्‌नुपर्छ। हामीले हाम्रो देशबाट बेरोजगारलाई पनि हटाउँनु निक्कै आवश्यक रहेको छ। आफ्‌नो देशमा जस्तोसुकै काम गर्न लजाउँनु हुदैन। हामी विद्यार्थीले पनि पढ्‌दै-कमाउदै भन्नै धारणाका साथ अघि बढ्‌नुपर्छ भन्ने कुराहरुलाई व्यवहारमा पनि ल्याउनुपर्छ भन्ने कुराहरु हामीले थ्रीजीरो क्लबबाट सिक्यौ। हामी क्लबमा रहेका सबै विद्यार्थीहरुले आफ्‌नो विद्यालयमा र समाजमा आफूभन्दा साना-ठूला सबैलाई गरिबी घटाउन,बेरोजगारी घटाउन र कार्बन उत्सर्जन घटाउन प्रोत्साहित गरेका छौ भनेर उनले भनेकी थिईन्.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here