क्वारेनटाइनका महिलालाई प्याड, बालबालिकालाई सर्बोत्तम लिटो

0
2129

दाङका क्वारेनटाईनमा रहेका महिला तथ बालबालिकाहरुलकालागी स्वास्थ्य तथा पोषणयुक्त सामाग्री सहयोग सुरु गरिएको छ । महिला सामुदायिक लघुविक्त वित्तीय संस्था लिमीटेडले क्वारेनटाईनमा रहेका महिला तथा बालबालिकाहरुकालागि साहयोग कार्यक्रम सुरु गरेको हो ।

क्वारेनटाईनमा रहेका महिलाहरुकालागि पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहयोग सुरु गरेको हो । महिलाहरुकालागि सेनेटरी प्याड र सातु एवं बालबालिकाहरुकालागि सर्बोत्तम लिटो सहयोग गरिएको छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नम्बर १० र १८ का विभिन्न क्वारेनटाईनमा रहेका महिला, बालबालिका र अपांग व्यक्तीहरुलाई सहयोग गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का क्वारेनटाईनमा रहेका ७ जना महिला एक जना अपांग व्यक्ती र १ जना बच्चाकालागि सामाग्रीहरु सोमवार सहयोग गरिएको छ । संस्थाका वरिष्ठ प्रवन्धक लोकमणी रेग्मीले १० नम्बर वडाका सदस्य लक्ष्मी लम्साललाई सो सामाग्री प्रदान गर्नुभएको हो । यसअघी घोराही उपमहानगरपालिका वडा नम्बर १८ का विभिन्न क्वारेनटाईनमा पुगेर संस्थाले १५ जना महिला  महिला र १ जना बच्चालाई स्वास्थ्य तथा पोषणयुक्त सातु र सर्बोक्तम लिटो प्रदान गरिएको छ । यसका साथै घोराही १० को मावि लमडरुवामा रहेको क्वारेनटाईनमा रहेका एक जना बालककालागि दैनिक दुधको व्यवश्था पनि गरिएको छ ।
क्वारेनटाईनमा रहेका महिला तथा बालबालिकाहरुको स्स्वास्थ्यलाई मध्यनगर गरि संस्थाको तर्फबाट सहयोगको कार्यलाई अगाडी बढाएको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिनुभयो । ‘क्वारेनटाईनमा रहनुभएका दिदिबहिनीहरु र उहाँहरुका बालबच्चाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले सक्दो सहयोगको कार्यलाई अगाडी बढाएका छौँ’ उहाँले भन्नुभयाे- ‘घोराहीबाट सुरु भएको यो सहयोगको अभियान अन्य स्थानीय तहहरुमा पु¥याउनकालागि सहकार्य भईरहेको छ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्रद्धारा सञ्चालन गरिएको महिला सामुदायिक सेवा केन्द्र कम्पनीद्धारा उत्पादित पोषणयुक्त सातु र सर्बोक्तम लिटो एवं लैंगिक पुनस्थापना केन्द्रद्धारा उत्पादित पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहयोग गरिएको योगीले जानकारी दिनुभयो । लकडाउनको समयमा दाङ, सल्यान, प्यूठान, रोल्पा जिल्लाका विभिन्न स्थानका विपन्न परिवारकालागि खाद्यान्य एवं स्वास्थ्य सामाग्री सहयोग गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here