२६ औँ स्थापना दिवशमा रक्तदान

0
1927

घोराही, ३ भाद्र । नेपाल महिला सामुदायिक सेवा केन्द्रले आनो २६ औँ बार्षीक उत्सब रक्तदान कार्यक्रम गरेर मनाएको छ । सेवा केन्द्रले मंगलबार रक्त सञ्चार केन्द्र घोराहीमा एक कार्यक्रमगरी आफ्ना बिभिन्न शाखामा कार्यरत २२ जना कर्मचारि हरुबाट रक्तदान गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष श्री कल्पना न्यौपानेको अध्यक्षता तथा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति श्री संगिता भण्डारी को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमा संस्थाका संस्थापक कोषाध्यक्ष श्री शारदा शर्माले सम्पुर्ण उपस्थितहरुलाइ स्वागत गर्दै संस्थाले बालबालिका तथा महिला सशक्तिकरणकोे क्षेत्रमा पुर्याएको योगदान माथि प्रकास पर्नुभएको थियो ,जसमा ५०० भन्दा बढि बालबालिकाहरुलाइ औपचारिक शिक्षा प्रदान गरेका तथा शैक्षिक सामाग्रि बितरण र महिला हिंशाबिरुद बिभिन्न कार्य गर्दै २०५० सालदेखि बित्तीय कार्यक्रममार्फत द्वण्द प्रभाबित महिलाको जिबनस्तर उकास्न पा¤चवटा सहकारि सञ्चालन गरि समुदायलाई हस्तान्तरण गरिसकेको साथै हिंसापिडित महिला तथा युवा सशक्तिकरण,शान्ति र बिकासकालागि ठूलो योगदान गरेको प्रष्ट पार्नु भयको थियो ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति श्री संगिता भण्डारीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले महिला तथा बालबालिका क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल महिला सामुदायिक सेवा केन्दसँग रक्तदानका कार्यक्रमा सहकार्यगरेर अघाडि बढ्ने बताउनु भयो । रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज श्री दिलिप न्यौपाने ले रक्तदानको महत्व तथा आबश्यक्ता माथि प्रकास पार्नुभएको थियो । उक्त कार्यक्रमको सहजिकरण श्री लोकमणि रेग्मीले गर्नुभयको थियो भने उक्त कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here